१०० औँ खेलमा पूर्व क्लबविरुद्ध गोल गरेर कायलले जिताए म्यानचेस्टर सिटीलाई

१०० औँ खेलमा पूर्व क्लबविरुद्ध गोल गरेर कायलले जिताए म्यानचेस्टर सिटीलाई

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

सिटीको जितमा कायल वकरले २८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । वकरले आफ्नो पूर्व क्लब विरुद्ध गोल गरेका हुन् । लिगमा सिटीबाट १०० औँ खेलमा सहभागी भएका उनले निर्णायक गोल गरेका हुन् ।

उनले लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको हो । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन र पेप गार्डिवलाको टिम सिटी विजयी भयो । आठौँ स्थानको सिटीको जितपछि ६ खेलबाट ११ अंक भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार