लिभरपुलको शानदार पुनारागमन, पुग्यो शीर्ष स्थानमा

लिभरपुलको शानदार पुनारागमन, पुग्यो शीर्ष स्थानमा

साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा सुरुमा पछि परेर पनि जित निकाल्न सफल भएको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो । १० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट भ्रमण टोली वेष्ट ह्यामले अग्रता लिएको थियो ।

तर ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए । थप खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरी लिभरपुललाई जित दिलाएका हुन् । उनले लगातार तीन खेलमा गोल गरेका छन् ।

जितपछि सात खेलबाट १६ अंक जोडेको लिभरपुल एभर्टनलाई पछि पारेर शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको एभर्टन १३ अंकसहित दोस्रो स्थानमा छ । ८ अंक रहेको वेष्ट ह्याम १३ औँ स्थानमा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार