इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित, लिभरपुललाई दिँदै टक्कर

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीको जित, लिभरपुललाई दिँदै टक्कर

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले राम्रो प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा लेस्टर सिटीले लीड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको लेस्टरले दोस्रो हाफमा दुई गोल गरेर एक गोल खाएको हो ।

दोस्रो मिनेटमा नै हार्भी बार्नेसले गोल गरी लेस्टरलाई सुरुवाति अग्रता दिलाए । २१ औँ मिनेटमा यूरी टिएलेम्यान्सले गोल गरेर अग्रता दोब्बर पारे । लीड्सका लागि ४८ औँ मिनेटमा स्टूआर्ट डालासले एक गोल फर्काए । ७६ औँ मिनेटमा जेमी भर्डीले गोल गरी लेस्टरलाई थप बलियो अवस्थामा लगे ।

इन्जुरी समयको पहिलो मिनेटमा पाएको पेनाल्टीमा टिएलेम्यान्सले व्यक्तिगत दोस्रो गोल गरी टिमलाई ४–१ को जित दिलाए । जितपछि सात खेलबाट १५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा पुगेको छ । उ शीर्ष स्थानको लिभरपुल भन्दा मात्रै एक अंकले पछि रहेको छ । १० अंकसहित लीड्स १२ औँ स्थानमा छ ।

लिग अन्तर्गत सोमबार राति भएको अर्को खेलमा फुलह्यामले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार