सुदूरपश्‍चिमका तीन जिल्लामा ल्याब स्थापना गर्ने प्रदेश सरकारको निर्णय

सुदूरपश्‍चिमका तीन जिल्लामा ल्याब स्थापना गर्ने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, बैतडी र डोटीमा कोरोना संक्रमण भए/नभएको जाँच गर्न ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीका जिल्ला अस्पतालमा प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले जानकारी दिए। हाल धनगढीमा संकलित नमुना काठमाडौं पठाउनुपर्ने बाध्यता छ।

यस्तै प्रदेश सरकारले कोरोना संक्रमणको जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। कोषमा प्रदेश सरकारले ४० करोड उपलब्ध गराउने निर्णय गरेको छ। कोषमा योगदान गर्न सर्वसाधारण तथा संघसंस्थाहरुलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री शाहले बताए।

सेती प्रादेशिक अस्पताललाई कोरोना रोग उपचारका लागि केन्द्रित अस्पतालका रुपमा तोक्ने निर्णय गरेको छ। शान्ति सुरक्षा, अन्य मानवीय सेवा सुचारु गर्न विभिन्न मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार