मातृकाप्रसादः नायव सुब्बादेखि प्रधानमन्त्रीसम्म 

Corona-Ad-Raptisonari

मातृकाप्रसादः नायव सुब्बादेखि प्रधानमन्त्रीसम्म 

Florence Ad

२००७ सालको राणाविरोधी आन्दोलनका कमाण्डर मातृकाप्रसाद कोइराला राणाशासनकालमा वन विभागको नायव सुब्बा रहेछन्। जीवन चलिरहने यात्रा हो। यस क्रममा मान्छे केबाट के हुन्छ, भन्न सकिंदैन। कहिले माथि उक्लिन्छ, टाकुरामा पुगिसकेको मान्छे पनि सडकमा खस्छ। सामान्यतया जीवनको रफ्तार अगाडितिरै हुत्तिने, माथितिरै बढ्ने गर्छ।

राणाशासनको बेला मातृकाप्रसाद कोइराला वन विभाग (तत्कालीन वन गोश्वारा) का नायब सुब्बा थिए। जुद्धशमशेर राणा प्रधानमन्त्री थिए। कोइरालाको विषयमा प्रवेश गर्नुअघि राणाशासनकालको वन र त्यससम्बन्धी अड्डाको चर्चा गरौं। तिनताका वन विभाग थिएन, वन गोश्वारा थियो। वन गोश्वारा कमाण्डिङ जर्नेलको मातहत रहन्थ्यो। गोश्वारालाई वन विभाग बनाउने कुरा भयो। वन प्रशासनमा व्यापक पुनर्गठन भयो। भारतको उत्तरप्रदेशमा कञ्जरभेटर भएर काम गरिसकेका एक जना अंग्रेज (स्मिथिज) लाई सरकारले नेपालको वनको सल्लाहकार बनाउने निर्णय गर्‍यो। उनी नेपाल आए।

रुख र काठको व्यवस्थापन गर्ने अड्डालाई काठमहल अड्डा पनि भनिन्थ्यो। यसअघि वन हेर्ने इकाईलाई द्वार वा लाम पनि भनिने रहेछ। नयाँ विभाग अन्तर्गत देशका विभिन्न ठाउँमा वन सर्कल खडा गरियो। कञ्जरभेटरहरू नियुक्त गरिए।

त्यो जमानामा नेपालको राजश्व आम्दानीको ठूलो स्रोतमा जंगल पनि पर्दो रहेछ। राजश्व आम्दानीको हिसाबले मालपोत पहिलो, भन्सार दोस्रो, टक्सार तेस्रो र वन चौथोमा पर्ने।

‘हरियो वन, नेपालको धन’ उक्तिको सार्थकता कालाबञ्जर वा चारकोसे झाडी छँदासम्म पनि कायम थियो। भारतमा वनका अनेक ठेकेदार थिए। उनीहरू नयाँ मुलुक– बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका लकडी कौडीको भाउमा ठेक्का लिन्थे। जथाभावी कटान गर्थे।

२००७ सालसम्म राज्यको माथिल्ला तहमा हाकिमहरू राणाहरू नै हुन्थे। तर, मातृकाप्रसादलाई राणा शासकले नायब सुब्बाको त्यसबेलाको ठूलो जागिर किन दिए, कतै खुल्दैन। वनको सल्लाहकार भएर आएका स्मिथिजसँग काम गर्न अंग्रेजी भाषा राम्ररी जान्ने व्यक्ति चाहिएकाले उनी नै छानिएका भन्ने एकथरी रहेछन्। अर्कातिर, मातृकाप्रसादलाई राजनीतिबाट अलग गराउन नोकरीमा भुलाउने उद्देश्य रहेको भन्नेहरू पनि छन्।
अर्कातिर, राणा शासकले पैसा कमाउने ठाउँमध्ये वन पनि भरिलो ठाउँ थियो। राणा प्रधानमन्त्रीहरूले आफ्ना मित्रहरूलाई ढुकुटीबाट धन दिनुभन्दा जंगल फँडानी गर्न थाले। शासकहरूले मोरङको पत्रिका, बटौलको कुमारी, झापाको टोक्ला जस्ता घना जंगल चाँडै मासे।
मातृका कसरी भए राणा शासनमा नासु ?

राणाशासन ढाल्ने आन्दोलनका कमाण्डर मातृकाप्रसाद कोइराला राणाशाहीमा वन विभागका नायब सुब्बा थिए भन्दा अचम्म लाग्छ। मातृकाप्रसाद, विश्वेश्वरप्रसाद, गिरिजाप्रसादहरूका पिता कृष्णप्रसाद कोइराला स्वयं नै राणाशासनका विरोधी थिए। राणाकै कारण कृष्णप्रसादको परिवार भारतमा निर्वासनमा गएको थियो।

२००७ सालसम्म राज्यको माथिल्ला तहमा हाकिमहरू राणाहरू नै हुन्थे। तर, मातृकाप्रसादलाई राणा शासकले नायब सुब्बाको त्यसबेलाको ठूलो जागिर किन दिए, कतै खुल्दैन। यसबारे विभिन्न मत पाइन्छ। वनको सल्लाहकार भएर आएका स्मिथिजसँग काम गर्न अंग्रेजी भाषा राम्ररी जान्ने व्यक्ति चाहिएकाले उनी नै छानिएका भन्ने एकथरी रहेछन्। अर्कातिर, मातृकाप्रसादलाई राजनीतिबाट अलग गराउन नोकरीमा भुलाउने उद्देश्य रहेको भन्नेहरू पनि छन्।

त्यसबेला नेपालमा वन विज्ञानमा नाम चलेका सीमित मान्छे थिए। जो अंग्रेजी पनि राम्रो जान्दथे। केही नामहरूमा केशरजंग थापा, मिसु ज्योतिमान, सुब्बा आत्माराम उप्रेती उल्लेख गर्न सकिन्छ।

त्यस बखत राणा र शाह बाहेक प्रतिष्ठित व्यक्तिहरू पनि थिए। निजामतीतर्फ श्रेणी विभाजन गरेर बडाकाजी, काजी, सरदार, मीर सुब्बा समेत गरी ५४ जना रहेछन्। विशेषज्ञतर्फ मेडिकल डाक्टर २४ जना, इञ्जिनियर ३२ जना, कृषि विशेषज्ञ १२ जना, वन विशेषज्ञ १३ जना र केमिकल इञ्जिनियर ३ जना रहेछन्।

त्रिभुवन र नेहरूले रुचाएका पात्र

राणाशासनका नासु मातृकाप्रसाद २००७ सालमा राणाशासन पल्टाउने क्रान्तिका कमाण्डर थिए। उनी त्यसबेला नेपाली कांग्रेसको सभापति पनि थिए। विराटनगरको युद्ध मोर्चाको कमाण्ड मातृकाले गरेका थिए। तर, विश्वेश्वरप्रसादको आमाले मातृकालाई नपत्याउने रे। ‘यो ठूलाले युद्ध हाँक्न सक्दैन’ भन्ने रे।

ज्योतिषीहरूले मातृकालाई तीन पटक प्रधानमन्त्री हुने जोग छ भनेको भन्दै फेरि प्रधानमन्त्री हुन आश गरिरहे। तर, त्यसपछि उनी तेस्रो पटक प्रधानमन्त्री हुने दिन आएन।
आन्दोलन चर्किंदै जाँदा भारतको दिल्लीमा पण्डित जवाहरलाल नेहरूको रोहवरमा राजा त्रिभुवन र मोहनशमशेरबीच सम्झौता भयो। भन्नलाई राजा, राणा र नेपाली कांग्रेसबीच त्रिपक्षीय सम्झौता भएको बताइन्छ। तर, त्यो सम्झौताको बेला कांग्रेसका प्रतिनिधि उपस्थित नै थिएनन् भनिन्छ।

कांग्रेसभित्र कोइराला दाजुभाइ अर्थात् मातृकाप्रसाद र विश्वेश्वरप्रसादबीच गम्भीर मतभेद भयो। मोहनशमशेरले प्रधानमन्त्रीबाट राजीनामा गरेपछि त्रिभुवनले १ मंसीर २००८ मा मातृकाप्रसादको प्रधानमन्त्रीत्वमा १४ सदस्यीय मन्त्रिमण्डल बनाए। नेहरूले विश्वेश्वरलाई भन्दा मातृकालाई पत्याउने भएकाले उनी प्रधानमन्त्री भएका भनिन्थ्यो।

मातृकाप्रसादले केही आफ्ना मान्छेसहित कांग्रेसको एकमना मन्त्रिमण्डल बनाए। मातृका र विश्वेश्वरबीचको द्वन्द्वका कारण त्यो सरकार एक वर्ष पनि टिकेन। २६ साउन २००९ मा मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए। राजाले केशरशमशेर राणासहितको ६ सदस्यीय परामर्शदाताबाट ११ महीना जति राज्य गरे।

राजा त्रिभुवन र पण्डित नेहरूले मातृकाप्रसादलाई काखी च्यापेको कारण मातृकाले राष्ट्रिय प्रजा पार्टी गठन गरे। ४ असार २०१० मा फेरि मातृकाकै प्रधानमन्त्रीत्वमा ७ सदस्यीय मन्त्रिमण्डल गठन भयो। त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा महेन्द्रले मातृकाको सरकार विघटन गरे।

ज्योतिषीहरूले मातृकालाई तीन पटक प्रधानमन्त्री हुने जोग छ भनेको भन्दै फेरि प्रधानमन्त्री हुन आश गरिरहे। तर, त्यसपछि उनी तेस्रो पटक प्रधानमन्त्री हुने दिन आएन।

राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका बेला मातृकासँग भेट्न धनकुटाबाट विराटनगर पुगेछन्। तर, मातृकालाई त्यसबेला एकथरीले अन्यत्र नै लगेछन् र भेट हुन सकेनछ। यस कुरामा उनी चुकचुकाइरहन्थे।
मातृकाप्रसाद निजामती कर्मचारीको कार्यशैली भएका राजनीतिक व्यक्ति थिए। जस्तो अवसर आए पनि उनले छोडेनन्। प्रधानमन्त्री भइसकेको मान्छे उनी पञ्चायती व्यवस्थामा अमेरिकाको राजदूत पनि भए। उनकी एउटी छोरीको बिहे टंकप्रसाद आचार्यको छोरासँग भयो।

२०३८ सालमा मैले मातृकाको अन्तर्वार्ता लिएको थिएँ। राजा वीरेन्द्रको जन्मदिनमा राजाको व्यक्तित्वबारे राष्ट्रिय समाचार समिति (रासस) बाट अन्तर्वार्ता लिएँ। पूरै चाकडीको शैलीमा उनको कुरा आएपछि मैले यो त चाकडी भयो भनी असन्तोष प्रकट गरें। मातृकाले ‘यही त कडा भो भन्छन्’ भन्ने प्रतिक्रिया दिए।

लोभले खाएको व्यक्तित्व

राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका बेला मातृकासँग भेट्न धनकुटाबाट विराटनगर पुगेछन्। तर, मातृकालाई त्यसबेला एकथरीले अन्यत्र नै लगेछन् र भेट हुन सकेनछ। यस कुरामा उनी चुकचुकाइरहन्थे।

नेपाल क्षयरोग निवारण संस्थाको तर्फबाट मेरो गाउँ भक्तपुर दधिकोट समेत आठ वटा गाउँ पञ्चायतमा समुदायमा आधारित क्षयरोग निवारण आयोजना सञ्चालन गरिएको थियो। क्षयरोग निको भएकाहरूलाई सरसफाइका सामान उपहार दिने कार्यक्रममा मातृकाप्रसादलाई प्रमुख अतिथि बोलाएका थियौं। उनी औधी खुशी भएर आएका थिए। तर, उनलाई यदाकदा अत्यन्त लोभ लाग्दो रहेछ। यही लोभले माथि उठ्न दिएन।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad