नेकपा सचिवालय बैठक सकियो

नेकपा सचिवालय बैठक सकियो

काठमाडौं । शनिबार दिउँसो बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए । बैठकमा दुई अध्यक्ष, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमले बोलेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार