प्रधानमन्त्री राजावादीसँग मिलेको सभापति देउवाको आशंका

प्रधानमन्त्री राजावादीसँग मिलेको सभापति देउवाको आशंका

हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा राजा आऊ देश बचाऊको नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे ।

आज सरकारविरुद्ध हेटौंडामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताए । उनले भने, ‘ओली नै राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ रु’ उनले अघि भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पार्टी गणतन्त्रलाई स्थापित गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

उनले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताए । उनले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताए । उनले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार