संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ नहुने

संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज संसद् विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाइ नहुने भएको हो । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा आयुक्तहरुको नाम सिफरिस भए पनि समितिको अस्तित्व नभएका कारण सुनुवाइ नहुने बताए ।

विभिन्न संवैधानिक आयोगहरुमा ४५ जनाको नाम सिफारिस भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार