प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता जारी : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता जारी : आज दुई खेल हुँदै

लमही । दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता ९टी–२०० अन्तर्गत आइतबार पनि दुई खेल हुँदैछ ।

जस अन्तर्गत समूह ‘ए’ मा रहेको लुम्बिनीले आफ्नो दोस्रो खेलमा कर्णालीको सामना गर्दैछ । पहिलो खेलमा प्रदेश २ माथि ९ विकेटले जित हासिल गरेको लुम्बिनीले कर्णालीविरुद्ध फराकिलो जित हासिल गर्दै सेमिफाइनल नजिक पुग्न चाहन्छ ।

यता कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा कर्णाली साविकको च्याम्पियन समेत रहेको विभागीय टोली एपीएफसँग २ सय ४ रनले पराजित भएको थियो । यो खेल बिहान ९ बजेपछि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

यस्तै दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ को सामना गर्नेछ । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । सेमिफाइनल समिकरण जीवितै राख्न प्रदेश २ लाई जित्नै पर्ने दबाब रहेको छ । तर उपाधिको दाबेदार एपीएफविरुद्ध प्रदेश २ का लागि सहज भने पक्कै हुने छैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार