आर्थिक अभाव हुँदा बिरजितको अप्रेशन रोकियो, सहयोगका लागि अपिल

आर्थिक अभाव हुँदा बिरजितको अप्रेशन रोकियो, सहयोगका लागि अपिल

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का ५२ बर्षिय बिरजित डाँगीको उपचारमा आर्थिक समस्या भएको छ । २०६७ सालदेखि ब्रेनको समस्याबाट ग्रसित डाँगीको उपचारमा आर्थिक समस्या भएको हो ।

उहाँका छोरा हरिबहादुर डाँगीका अनुसार काठमाडौका बिभिन्न अस्पताल लगायत भारतमा समेत उपचार गर्दा पनि पूर्ण रुपमा सन्चो भएको छैन । उपचारको क्रममा पारिवारीक सम्पति सकिएको समेत छोरा हरिबहादुरले बताउनुभयो । २०६७ साल देखि करिब २० लाख रकम उपचारको लागि खर्च भएको बताईएको छ । अहिले पनि नियमति औषधि उपचार गर्नुपर्ने अवस्था रहेको छ ।

उहाँलाई हिडडुल गर्न समेत समस्या रहेको छ । डाक्टरले कि तुरुन्तै अप्रेशन गर्नुपर्ने या त फिजियो थेरापी नियमित गर्नुपर्ने बताएतापनि आर्थिक अभावले घरमै बस्नुपर्ने अवस्था रहेको उहाँका छोरा हरिबहादुरले जानकारी दिनुभयो ।

परिवारको आर्थिक श्रोत कमजोर रहेको र बिरजितको ब्रेनको नशाको अपरेशन गर्न ठुलो रकम चाहिने भएकोले उक्त रकम जुटाउन परिवारलाई समस्या भएको छ । छोरा हरिबहादुरले बुवाको नाममा भएको खेतबारी बेचिसकेको र अब अपरेशन खर्च जुटाउन नसक्ने अवस्था रहेको बताउनुभयो । उहाँले बुवाको अपरेशन खर्च जुटाउनका लागि शुभ चिन्तक तथा मनकारीहरुलाई सहयोग गरिदिन अपिल गर्नुभएको छ ।

बिरजितका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँलाई आर्थिक सहयोग गर्नको लागि निम्नअनुसार सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क मोबाईल नम्वर : ९८४७९७३५७७ र ९८६३४४०८३१ (हरिबहादर डाँगी)
खाता नम्बर : ०६५०८४६६७०२०५००१
बैकको नाम : सनराईज बैक लि.

उपचार अभावमा छटपटाईरहनुभएका बिरजित डाँगी :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार