कृषि उत्पादनको अवस्था र बजारिकरणको लागि अन्तरक्रिया

त्रिबेणीमा

कृषि उत्पादनको अवस्था र बजारिकरणको लागि अन्तरक्रिया

त्रिबेणीमा

मुसिकोट । रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा कृषि उत्पादनको अवस्था र बजारिकरणको लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला पुन स्थापना केन्द्र ओरेकको आयोजना र त्रिवेणी गाउँपालिकाको सहकार्यमा शुक्रबार गाउँपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा ओरेकका कार्यक्रम अधिकृत हरिशरण घितालले त्रिवेणी गाउँपालिका वडा नम्बर ४ मा कृषि उत्पादन र बजारिकरणको अवस्थाको बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यस क्षेत्रमा मौसमि तरकारी मात्र उत्पादन हुने गरेकोले बजाकिकरणमा समस्या भएको कार्यपत्रमा प्रस्तुत गरिएको थियो । बजारिकरणको लागि तरकारी संकलन केन्द्र नहुँदा कृषकहरुमा उत्पादनमा उत्साह नभएको बताइएको छ ।

यस्तै कृषकलाई पोष्ट हार्भेष्टको ज्ञान नहुँदा समस्या भएको छ । कार्यक्रममा सहभागि कृषकहरुले आफुहरुले उत्पादन गरेको तरकारी तथा फलफुल बजारिकणमा समस्या भएको बताएका छन । उनीहरुले सरकारले आफुहरुले उत्पादन गरेका तरकारी तथा फलफुलहरु बजारिकरणमा सहयोग गर्ने माग गरेका छन ।

त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्ती, नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, उद्योग बाणिज्य संघका अध्यक्ष पहल बहादुर खड्का, जिल्ला सहकारि संघका व्यवस्थापक रमेश खड्का लगायतको आथित्यता रहेको थियो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार