स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री ओली डिस्चार्ज

स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री ओली डिस्चार्ज

काठमाडौँ १४ चैत्र
बिहीबार राति ११ बजे अस्वस्थ भएर महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक सेन्टरमा पुर्‍याइएका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ डिस्चार्ज हुनुभएको छ ।

उहाँका विशेषज्ञ सल्लाहकार मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री ओली डिस्चार्ज हुनुभएको हो ।

मुटुको चाल बढेपछि अस्पताल भर्ना भएका ओलीको स्वास्थ्यमा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको डा। सायमीले बताउनु भयो ।

सायमीका अनुसार ओलीमा यसअघि पनि मुटुको चाल बढ्ने समस्या थियो। बिहीबार राती पनि त्यही समस्या दोहोरिएको उहाँले बताउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार