केपी ओली समूहले राख्यो कार्यकर्ता भेला

केपी ओली समूहले राख्यो कार्यकर्ता भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौंमा हुँदै छ ।

आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ ।

यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार