काठमाडौँ । माघी पर्वको अवसरमा माघ १ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
त्यस्तै आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।