सरुवाको माग गर्दै दृष्टिविहीन शिक्षक उत्तम अनशनमा

सरुवाको माग गर्दै दृष्टिविहीन शिक्षक उत्तम अनशनमा

सुर्खेत । सरुवाको माग गर्दै सुर्खेतमा एक दृष्टिविहीन शिक्षक आमरण अनशन बसेका छन । आफनो घरपायक सरुवाको माग गर्दै सुर्खेत गुर्भाकोट नगरपालिका–९, बोटेचौर घरभई हाल गुर्भाकोट–११, स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत शिक्षक उत्तम विकले आइतबारदेखि नगरशिक्षा शाखा अगाडि आमरण अनशन थालेका हुन् ।

हाल कार्यरत स्कूल घरदेखि चार घण्टाको दुरीमा रहेको र विद्यालय आउजाउमा समस्या भएपछि उनले घरपायक सरुवाको माग गरेर अनशन थालेका हुन् । जिल्लाको गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने ९ नम्बर वडामा कुनै पनि स्कुलमा दरबन्दी नभएकाले सरुवा गर्न समस्या भएको बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार