आज चौरजहारीमा २२ औँ हरिभक्त स्मृति दिवस मनाउदै

आज चौरजहारीमा २२ औँ हरिभक्त स्मृति दिवस मनाउदै

मुसिकोट । तत्कालीन रुकुम जिविस सभापति एवं नेपाली काँग्रेसका नेता स्वर्गीय हरिभक्त ओलीको आज २२ औँ स्मृति सभा हुदै छ । नेपाली काँग्रेस रुकुम पश्चिमको आयोजनामा जिल्लाको चौरजहारी शंकपिलमा हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेल, नेविसंघ महामन्त्री उर्मिला थपलिया, युवा नेता तथा नेपालगञ्ज उप-महानरपालिका उप-मेयर उमा थापा मगर, नेविसंघ बाँकेका अध्यक्ष तथा महासमित सदस्य पूर्ण आचार्य, विद्यार्थी नेता कर्ण ओली , शुशिल खड्का चौरजहारी पुगेका छन ।

श्रद्धाञ्जली सभालाई सम्बोधनका लागि जिल्ला पुगेका नेताहरु अहिले कार्यकर्ता भेटघाटमा रहेका छन । कार्यक्रम दिउँसो १२ बजे हुने नेपाली काँग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ । कार्यक्रममा जिल्लाका ६ वटै स्थानीय तहका नेता तथा कार्यकर्ताहरु सहभागि हुने नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन । तत्कालिन माओबादीले २०५५ माघ १ गते चौरजहारीमा हरिभक्त ओलीको घाँटि रेटेर विभत्स हत्या गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार