चैत्र १६ काठमाडौ
सरकारले घरधनीलाई एक महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको छ । आइतबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको हो ।
घरभाडा मिनाहा गर्ने घरबेटीको घर बाहाल कर नलिने सरकारको भनाइ छ । अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् ।