मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र तथा प्रदेशसभा ‘क’ र ‘ख’ रुकुम पश्चिमको संयुक्त अधिवेशन सुरु भएको छ।
जिल्ला सभापति प्रेम प्रकाश वलीको अध्यक्षतामा सुरु भएको अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपालीले गर्नुभएको हो । उद्घाटन सत्रको सञ्चालन जिल्ला सचिव परमेश्वर भण्डारीले गर्नुभएको छ ।
अधिवेशन उद्घाटन सत्रमा पार्टीका पदाधिकारी तथा सदस्य, नवनिर्वाचित वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पालिका सभापति लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
उद्घाटनपछि अहिले विभिन्न नेताहरूले शुभकामना मन्तव्य दिने क्रम जारी रहेको छ ।
रुकुम पश्चिममा काँग्रेसको ७३ वटै वडा तथा ६ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको छ ।

