चैत्र १७ रुकुम पश्चिम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १४ ले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा पूर्ब तयारीलाई तिब्र बनाइरहेको छ । नेपाल सरकारको निर्देशन अनुसार वडा कार्यालयले आफनो क्षेत्रका प्रत्यक घरधुरीमा पुगेर कोरोना भाइरस रोग लाग्ननदिनको लागि विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ ।
जस अन्तरगत अहिलेसम्म ४ सय ६४ धरधुरीलाई हातधुने साबुन र २३ सय वटा मास्क निशुल्क वितरण गरिएको वडा सदस्य ऋषिराम खत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार चैत्र ११ गते वडा अध्यक्ष भिम वहादुर बिष्ट को अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय पूर्व तयारी तथा प्रतिकार्य टोलि गठन गरी चैत्र १४ गतेबाट गाउँगाउँमा पुगेर अभियान सुरु गरिएको हो ।
![](https://i0.wp.com/ujelinews.com/wp-content/uploads/2020/03/91350830_252315945798334_5745350002075500544_n.jpg?resize=640%2C480&ssl=1)
आज सम्म १४ वडाका सबै धरधुरीमा पुगेर साबुन तथा मास्क वितरण गरिने बताएको छ ।
वडाले जनचेतना मुलक संदेश पम्पलेट वितरण गर्न पूर्व तयारी तथा प्रतिकार्य टोलि , स्वास्थ्य प्रतिनिधि , स्वयंसेबिका परिचालन गरि सँग–सँगै टोल टोलमा माइकिङ गर्ने, वडामा भारत लगायतका तेस्रो मुलुक र जिल्ला वाहिरबाट आएका व्यक्तिहरुको विवरण संकलन गर्ने, कसैलाई कोरोनाको लक्षण देखिएमा वा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएमा सम्बन्धीत निकायमा खबर गर्ने कार्यलाई तिब्र बनाइएको छ ।
साथै वडामा रहेका जनप्रतिनिधिहरु, पूर्व तयारी तथा प्रतिकार्य टोलि समाजसेबी, बुद्धिजिबिहरुलाई आ-आफ्नो टोलमा समन्वयकारी भुमिका निर्बाह गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ । ।