चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि समन्वयात्मक बैठक सम्पन्न

चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं । काठमाडौं चक्रपथ विस्तार आयोजनाको समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीचको समन्वयात्मक बैठक सम्पन्न भएको छ । मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको आयोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा चक्रपथ सुधार आयोजनाको प्रगतिको विषयमा छलफल भएको हो ।

कलंकीदेखि धोबीखोला सम्मको कुल ११.६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखापरेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारीलगायतका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

छलफल पछि सबैपक्षको कुरा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले सड्क विस्तारका क्रममा अनुचित माग र अर्घल्याई स्वीकार्य नहुने बताउनु भएको छ। अनुचित कुराको पछि नलाग्न निर्देशन दिदैं उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सबै निकायबीच समन्वय गरेर अघि बढ्न सबैलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुपर्ने बताउनु भएको छ । छलफलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका वडा नं. ३ का अध्यक्ष दिपक केसी, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, पुरातत्व विभागका प्रतिनिधि, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, नापी विभागका अधिकारीले आ आफ्नो क्षेत्रमा देखा परेका समस्या र समाधानका निम्ती भैरहेको पहलका वारेमा जानकारी गराएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार