पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन

पूर्वाधार बैंकको आईपीओमा १५ लाख बढीको आवेदन

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्न सरकारी लगानीमा स्थापना भएको नेपाल पूर्वाधार बैंक (निफ्रा) ले जारी गरेको साधारण सेयर (आईपीओ) मा अहिलेसम्मकै बढी आवेदन परेको छ ।

माघ २ गतेदेखि बिक्री खुला भएको आइपीओमा १५ लाख २९ हजारजनाले आवेदन दिएका छन् । कम्पनीले आठ अर्ब रूपैयाँको आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

तर, त्योभन्दा दुई गुणाभन्दा बढी अर्थात १८ अर्ब १२ करोड ८६ लाख रूपैयाँको लागि १८ करोड १२ लाख ८६ हजार कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले बिक्री खुला गरेको कुल ८ करोड कित्तामध्ये सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्टयाइएको छ । कुल आवेदकको संख्याका आधारमा प्रतिआवेदकलाई ५५ देखि ६० कित्ता सेयर पर्ने देखिन्छ ।

अन्तिम दिनसम्मको आवेदन तथ्याङ्क अहिलेसम्मकै धेरै हो । यसअघि चन्द्रागिरि हिल्सले जारी गरेको आईपीओमा सबैभन्दा धेरै १२ लाख जनाले आवेदन गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार