वेरोजगारलाई तीन महिने सीपमुलक तालिम दिने

वेरोजगारलाई तीन महिने सीपमुलक तालिम दिने

फाइल तस्वीर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले वेरोजगारलाई सीपमुलक तालिम दिने भएको छ। तीन महिने तालिम नि:शुल्क रूपमा दिइने आज (बुधबार) गोरखापत्रमा सूचना निकालेर परियोजनाले जानकारी दिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीन महिने (३९०) घण्टे सीपमुलक तालिम सञ्चालन गर्ने परियोजनाले उल्लेख गरेको छ। इच्छुक गरिब, वेरोजगार युवाहरूले अनलाइनमार्फत् आवेदन फारम भर्न सक्ने परियोजनाको भनाइ छ।

फारम  www.event.gov.np  मा उपलब्ध हुने जनाएको छ। अनलाइन फारम फागुन ६ गतेसम्म भरिसक्नुपर्नेछ। तालिमको समयमा सहभागीलाई खाजाको व्यवस्थासमेत हुने परियोजनाको भनाइ छ।

सूचना  :

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार