गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

गंगामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गंगामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायासँग यसअघि सरकारले गरेका सम्झौताको पालना गर्न आयोगले सरकारसँग पुनःआग्रह गरेको छ । आयोगले आमरण अनशनजस्तो जोखिमयुक्त बाटो नरोज्न अनशनरत अधिकारीलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानूनी कारबाहीको माग गर्दै लामो समयदेखि अनशनरत अधिकारीको स्वास्थ्यस्थितिका सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।

आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरेको छ ।

पछिल्लो पटक गत ६ पुसदेखि आमरण अनशनमा बसेकी अधिकारीलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार गरिरहेको भए तापनि उनको स्वास्थ अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको पाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार