दाङमा रहेको सिमेन्ट उद्योग सोनापुर मिनरल्सले २ करोड कित्ता सेयर जारी गर्दै

दाङमा रहेको सिमेन्ट उद्योग सोनापुर मिनरल्सले २ करोड कित्ता सेयर जारी गर्दै

काठमाडौं। सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सर्वसाधारणमा सेयर निष्कासन गर्ने भएको छ। सेयर निष्कासनका लागि कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

दाङ जिल्लामा रहेको कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक रहेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीेसगँ उच्चस्तरीय र गुणस्तरीय चुनढुंगा छन्। सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक निपेश तायल र एनआइबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।

कम्पनीले २ करोड कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई जारी गर्ने छ। कम्पनीले प्रमियममा सेयर जारी गर्ने छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार