विद्यार्थीबाट ५४ लाखभन्दा बढी उठाएर फरार व्यक्ति पक्राउ

विद्यार्थीबाट ५४ लाखभन्दा बढी उठाएर फरार व्यक्ति पक्राउ

पक्राउ परेका राजाराम चौधरी

धनगढी । विद्यार्थीलाई ठगी गरी झण्डै ५५ लाख रकम उठाएर फरार रहेका कैलालीका एकजना पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका–८ का राजाराम चौधरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका ३४ बर्षे राजाराम चौधरीलाई शैक्षिक ठगी गरेको ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७४ चैत १४ गते २ महिना कैद र ३ लाख २८ हजार ४ सय ९५ जरिवानासमेत तोकेको थियो, तर उनी फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले धनगढी उप–महानगरपालिका–१ बस्ने अनिता चौधरीलाई भारतमा अध्ययन गरेको बिएससी नर्सिङ पास गरेको प्रमाणपत्रलाई त्रिभुवन विश्वविद्यालयबाट वैधानिकता दिलाइदिने भन्दै ५ लाख ठगी गरी फरार भएका थिए।

त्यसैगरी राजारामले २०७३ मा सीटीईभिटीबाट अनुमति लिएर भर्ना खोलेको भन्दै धनगढीमा मल्टिस्किल इनिष्टच्यूट अफ टेक्नोलोजी प्रालि सञ्चालन गरी १ सय १८ जना विद्यार्थी भर्ना गरी उनीहरुबाट ४९ लाख २८ हजार ४ सय ९५ रुपैयाँ ठगी गरी फरार भएका थिए।

चौधरीलाई शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका–९ धनचैयास्थित आफ्नो भिनाजुको घरमा लुकेर बसको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार