नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै

नेकपा प्रचण्ड-नेपाल समुहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह सडक संघर्षमा छ । शुक्रबार काठमाडौंमा उक्त समूहले प्रधानमन्त्रीको कदमको विरोधमा विशाल प्रदर्शन गरेको थियो । आजको बैठकमा शुक्रबार भएको प्रदर्शनको समिक्षा र आगामी विरोधका कार्यक्रमबारे छलफल हुने नेकपाले जनाएको छ ।

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा उपलब्ध स्थायी कमिटीका सदस्यहरुबीच माघ ९ गते काठमाडौंमा भएको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार आजको बैठकमा थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्न लागेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार