नेपाल प्रहरीमा बढुवा भएका १० एसएसपीलाई दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा बढुवा भएका १० एसएसपीलाई दर्ज्यानी चिह्न

काठमाडौँ । नेपाल सरकार गृहमन्त्रीस्तरको यही ९ गतेको निर्णय अनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पदोन्नति भएका प्रहरी वरिष्ठ अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन।

दज्यानी चिह्न पाउने प्रहरी वरिष्ठ उपरीक्षकमा कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशङ्कर पञ्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेल छन्। सोही निर्णयले पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली हाल सुडान डार्फर मिसनमा कार्यरत छन्।                                                                                           समारोहमा प्रहरी महानिरीक्षक थापाले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई पूरा गर्न आगामी दिनमा अझै उत्कृष्ट काम गर्न निर्देशन दिए। उनले सरकारद्वारा घोषित निर्वाचनको तयारीमा रहन, सुरक्षा चुनौति व्यवस्थापन गर्न र मातहत कर्मचारीको आचरण व्यवहारमा थप सुधार ल्याउन निर्देशन दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार