पत्रकार महासंघ रुकुमको छैठौ साधारण सभा सम्पन्न

पत्रकार महासंघ रुकुमको छैठौ साधारण सभा सम्पन्न

मुसिकोट । बिहिबार नेपाल पत्रकार महासंघ रुकुमको छैठौं साधारण सभा जिल्ला सदरमुकाम मुसिकोटमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष गणेश बि.क.चिन्तनको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्र कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उद्घाटन शत्रमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, नेपाली कांग्रेसका पूर्व सभापति मानवहादुर नेपाली, पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्मा, पत्रकार महासंघका संस्थापक अध्यक्ष नारायणकुमार शाह लगायतको उपस्थिति रहेको थियो । यसैगरी कार्यक्रममा प्रेस संगठन रुकुम पश्चिमका संयोजक मेगराज खड्का, प्रेस युनियन रुकुमका अध्यक्ष दिनेश खड्का, प्रेस संगठन रुकुम पूर्वका संयोजक महेश के.सी.ले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सहभागि अतिथीहरुले शुभकामना मन्तव्य सहित पत्रकारहरुको हक हितको पक्षमा रहेको र सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा महासंघमा आवद्ध क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा महासंघका उपाध्यक्ष लक्ष्मण के.सी.को स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन सचिव हरि गौतमले गर्नुभएको थियो । साधारण सभाको बन्द सत्रमा सचिव हरि गौतमले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष प्रविर ददेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । दुबै प्रतिवेदन उपर व्यापक छलफल गरिएको थियो ।

साधारण सभाको बन्द सत्रका लागि राजु लामिछाने अध्यक्षतामा ३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो । अध्यक्ष मण्डलमा गणेश सिर्पाली र तुलसा मल्ल समेत रहनुभएको थियो । बन्द सत्रको संचालन गणेश शिर्पालीले गर्नुभएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार