१९ ग्राम ब्राउनसुगरसहित प्रभुराम पक्राउ

१९ ग्राम ब्राउनसुगरसहित प्रभुराम पक्राउ

धनगढी । कञ्चनपुरबाट ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार साँझ प्रहरीले बेलौरी नगरपालिका-७ बाट ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको हो।

उनको साथबाट करिब १९ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। उनी लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न व्यक्ति रहेको चतुर्वेदीले बताए।

यसघि आइतबार प्रहरीले १४ ग्राम ब्राउनसुगरसहित अर्का एक जनालाई पक्राउ गरेको थियो।  ब्राउनसुगर भारतमा उत्पादन हुन्छ। गाँजा र अफिमलाई प्रशोधन गरेर भारतमा ब्राउनसुगर बनाइन्छ र त्यही ब्राउनसुगर नेपालमा ओसारपसार र कारोबार हुने गरेको छ।

ब्राउनसुगर उच्चकोटीको लागुऔषध हो। यसरी हुने कारोबार र ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले निगरानी गरिरहेको एसपी चतुर्वेदीले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार