माटोमुनि गाडेको १८५ राउण्ड गोली बरामद

माटोमुनि गाडेको १८५ राउण्ड गोली बरामद

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बूको खेतबारीमा १८५ राउण्ड गोली भेटिएको छ। भेटिएका गोली ७.६२ एमएम पेस्तोलको रहेको प्रहरीले जनाएको छ।

लिम्बूले खेतबारी खन्ने क्रममा प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको बेवारिसे अवस्थामा उक्त गोली फेला परेको हो। जसलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बरामद गरेको छ।

गोली के उद्देश्यले कसले राखेको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ। गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार