माटोको ढिस्कोमा पुरिएर कैलालीमा ३ जनाको मृत्यु, २ घाइते

माटोको ढिस्कोमा पुरिएर कैलालीमा ३ जनाको मृत्यु, २ घाइते

काठमाडौं । कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ।

शनिबार बिहान जिल्लाको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर वडा नम्बर ९ को पूर्वखैरीफाँटाका ३ महिलाको मृत्यु भएको हो।

घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताए।

 ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार