मंगलबार थप १६० जनामा कोरोना संक्रमण

मंगलबार थप १६० जनामा कोरोना संक्रमण

प्रतिकात्मक तस्बिर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन्।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ।

स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय  ३१ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका  छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार