प्रचण्ड–माधव पक्षको प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

प्रचण्ड–माधव पक्षको प्रदर्शनले राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल पक्षको प्रदर्शनका कारण कार्यालय समयदेखि नै ट्राफिक व्यवस्थापन असहज बनेको छ। प्रचण्ड(नेपाल पक्षले अहिले ११ बजे राजधानीका ५ स्थानबाट जुलुस निकाल्दैछन्। र, सुन्धाराबाट मुल जुलुस निस्केर भृकुटीमण्डप जाँदैछ। ती सबै स्थानका जुलुसहरूलाई केन्द्रीय नेताहरूले नेतृत्व गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड-नेपाल पक्षले राजधानीमा गर्न लागेको विरोध प्रदर्शनले चक्रपथभित्रको ट्राफिक प्रभावित भएको हो।

पाँच वटा जुलुस पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा निस्किँदैछन्। त्यसपछि १२ बजे सुन्धाराबाट मुख्य जुलुस निस्किने नेकपाले सार्वजनिक गरिसकेको छ।

जुलुस निस्किन लागेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ। साना सवारीसाधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार