आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

आज उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको र सुदूरपश्चिम प्रदेश तथा अन्य केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

केही दिन चिसो अझै रहिरहने देखिएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार