विद्यार्थीलाई न्यानो कपडा वितरण

विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौं । शिवम् सिमेन्ट्सले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । कम्पनीले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

कम्पनीले उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । त्रिभुवन मावि हटिया, कोलखोप प्रावि बकैया तथा रुपनारायण मावि बूढीचौरमा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थीका लागि स्वेटर तथा ट्रयाकसुट वितरण गरेको हो ।  विगतका दिनमा पनि कम्पनीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामाग्री तथा शैक्षिक छात्रवृत्तिहरु वितरण गर्दै आइरहेकाेे छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार