ढुंगा प्रहार गरि श्रीमतीको हत्या

ढुंगा प्रहार गरि श्रीमतीको हत्या

झापाको भद्रपुरमा एक व्यक्तिले ढुंगा प्रहार गरि श्रीमतीको हत्या गरेका छन्। ढुंगा प्रहार गरि श्रीमतीको हत्या गर्ने ती व्यक्ति पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका ७ बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बसोबास गर्दै आइरहेका अन्दाजी ६० वर्षीय साहिबा उराउले श्रीमती ५७ वर्षीया फुलसिता उराउको हत्या गरेका हुन्।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले साहिबालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए।
झगडाको क्रममा साहिबाले उनकी पत्नीको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार