महिला लघुवित्तको आईपीओ आज सम्म भर्न पाइने

महिला लघुवित्तको आईपीओ आज सम्म भर्न पाइने

काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आज फागुन ५ गतेसम्म आवेदन दिन पाइने भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार आईपीओमा भोलि बुधबारसम्म आवेदन दिन सकिनेछ।

गत शुक्रबार सार्वजनिक बिदा परेकोले आईपीओ आवेदन समय एक दिन लम्बिएको हो। यसअघि आईपीओ निष्कासन छिटोमा फागुन ४ गते बैंकिङ समयपछि बन्द हुने भनिएको थियो।

एसबीआई मर्चेन्ट बैंकिङअनुसार आज मंगलबार अपराह्न ५ः३० बजेसम्म १२ लाख ४ हजार २८७ आवेदकले २ करोड १६ लाख २५ हजार ६०० कित्ताका लागि आवेदन दिएका छन्। यसको मतलब यो आईपीओमा मागभन्दा ५७.६६ गुणा बढी आवेदन परेको छ।

महिला लघुवित्तले गत माघ ३० बाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको छ। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार