साबिक विजेता नोभाक जोकोविच अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलमा जर्मन खेलाडी एलेक्जान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन खेलाडी जोकोविचले अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
शीर्ष बरियताका जोकोविचले छैटौँ बरियताका स्वेरेभमाथि संघर्षपूर्ण जित निकालेका हुन् । उनले स्वेरेभलाई ६–७ (६–८), ६–२, ६–४ र ७–६ (८–६) को सेटमा पराजित गरेका हुन् ।
सेमिफाइनलमा जोकोविचले छनौट चरण पार गरेर पहिलो पटक ग्राण्डसलामको अन्तिम चारमा आएका रुसी खेलाडी एल्लान कारात्सेभसँग प्रतिस्पर्धा गर्ने छन् । उनले ग्रिगोर दिमित्रोभलाई पराजित गरेर अन्तिम चारमा स्थान बनाएका हुन् ।