प्रहरीमाथि कुटपिट गर्ने तीनजना पक्राउ

प्रहरीमाथि कुटपिट गर्ने तीनजना पक्राउ

काठमाडौं । मोरङमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । विराटनगर महानरपालिका-१८, रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जीवकुमार यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुईजना प्रहरीलाई स्थानीय युवाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दुर्व्यवहार गरेपछि इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार