सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।
सोमबार कर्णाली प्रदेश अस्पतालर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा २७ जना कोरोना संक्रमित रहेको र संक्रमितमध्ये प्रदेश अस्पतालमा तीनजना र होम आइसोलेसनमा २४ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।