कर्णाली प्रदेशका ९ जिल्ला कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका ९ जिल्ला कोरोना संक्रमणमुक्त

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।

सोमबार कर्णाली प्रदेश अस्पतालर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अन्य जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुर्खेतमा २७ जना कोरोना संक्रमित रहेको र संक्रमितमध्ये प्रदेश अस्पतालमा तीनजना र होम आइसोलेसनमा २४ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार