प्रतिनिधि सभाका सांसदले पुस ६ यताको तलब एकमुष्ट पाउने

प्रतिनिधि सभाका सांसदले पुस ६ यताको तलब एकमुष्ट पाउने

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने बताए।

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको केही बढी छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार