जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा झा नियुक्त

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा झा नियुक्त

काठमाडौं । सरकारले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले दुर्गा भगवती गाउँपालिका ३ रौतहटका झालाई प्रबन्धमा नियुक्त गरेको हो ।

त्यस्तै सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा यसै साता बसेको मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित द्धितिय श्रेणी अर्थात सहसचिव सरहका कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित प्रथम श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार