काठमाडौं । दोलखामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा १४ च ९९९३ नम्बरको बोलेरोले ठक्कर दिँदा दोलखा बैतेश्वर गाउँपालिका–६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको मृत्यु भएको हो ।
सोही बोलेरोमा यात्रा गरी आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।