ओली पक्षको अगुवाइमा देशभर नेकपाको बोर्ड हटाएर एमालेको राखियो

ओली पक्षको अगुवाइमा देशभर नेकपाको बोर्ड हटाएर एमालेको राखियो

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले देशभरका कार्यालयहरुमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको छ ।

आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेको सानबोर्ड राखिएको छ । अदालतको फैसलाबाट उत्साहित भएका केपी ओली पक्षधर नेता कार्यकर्ताले मंगलवारनै अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका छन ।

देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको हो । नेकपा एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले केन्द्र देखि सबै तहका कार्यालयहरू अब एमालेकै नाममा फर्किएको बताए ।

अब सबै संरचनाहरू पनि एमालेकै क्रियाशील हुनेछन् भने यसबीचमा ओली पक्षमा लागेका माओवादी केन्द्रका नेता कार्यकर्ताको समायोजना गरिने उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार