मंगलबार राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

मंगलबार राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन्।  मंगलबार दिउँसो ४ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई राष्ट्रपतिले छलफलका लागि बोलाएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

दलहरुबीच देखिएको विवाद अन्त्यको प्रयासस्वरुप राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएको बुझिएको छ। फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि सत्ता समीकरणको तीव्र प्रयास भइरहेको छ।

पछिल्लो राजनीतिक घटनाक्रममा दलहरुबीच सत्ता समीकरण गर्ने विषयमा छलफल चलिरहे पनि सहमति जुट्न सकिरहेको छैन।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार