बजार बन्द गर्न रुकुम उद्योग वाणिज्य संघको अनुरोध

बजार बन्द गर्न रुकुम उद्योग वाणिज्य संघको अनुरोध

मुसिकोट । रुकुम उद्योग वाणिज्य संघ, रुकुम (पश्चिम)ले स्वतःस्फुर्त रुपमा व्यापार व्यवसाय बन्द गर्न जिल्ला स्थित व्यवसायीहरुलाई अनुरोध गरेको छ । बिहिबार बसेको संघको बैठकले कोरोना भाईरसको उच्च जोखिमलाई ध्यान दिदै १९ गते आईतबार देखि व्यापार व्यवसाय बन्द गर्न आह्वान गरेको संघका अध्यक्ष पहलबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार, संघका पदाधिकारी र व्यवसायीहरुको सहभागितामा गरिएको उक्त निर्णयमा बिहान ६ बजे देखि ९ बजे सम्म अत्यावश्यक खाद्य सामाग्रीको लागि व्यवसाय खुला गर्न सकिने छ । कोरोना भाईरसको संक्रमण दर बढ्दै गएको र बजारमा बिभिन्न व्यक्तिहरुको आवतजावत भैरहेको कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको अध्यक्ष खड्काले बताउँनुभयो । संघले बजार बन्द गर्न व्यवसायीलाई अनुरोध गर्ने र निर्णय कार्यान्वयनको लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

भोलि बस्ने जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकमा थप निर्णय गरिने समेत अध्यक्ष खड्काले बताउँनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार