मुसिकोटमा रहेको नेपाल बैंकको एटिएम मेसिन तोडफोड

मुसिकोटमा रहेको नेपाल बैंकको एटिएम मेसिन तोडफोड

मुसिकोट । रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटिएम मेसिनमा तोडफोड भएको छ । मेसिन तोडफोडमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

बैकको एटिएम मेसिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगपालिका वडा नम्बर १ का ३० बर्षिय भिमबहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार एटिएम मेसिनमा सप्पल प्रहार गरेर चोरी गर्न लाग्दा बैक मेनेजरले सिसिक्यामराबाट थाह पाएपछि प्रहरीलाई खबर गर्नु भएको थियो । तत्कालै नजिकैको प्रहरीले भिमबहादुरलाई नियन्त्रणमा लिएकोे थियो ।

सप्पल हानेर एटिएम फोर्ने र पैसा चोरी गर्ने नियतले भिमबहादुरले त्यसो गरेको बैंकका प्रबन्धक शसिराम के.सी.ले बताउनुभयो । प्रबन्धक के.सी.का अनुसार सप्पल प्रहारपछि एटिएम मेसिन बिग्रेको छ । नियन्त्रणमा लिईएका भिमबहादुर उपर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार