पत्रकार महासंघ रुकुम द्धारा रुकुम पूर्वका दुई रेडियोलाई मास्क र स्यानिटाइजर वितरण

पत्रकार महासंघ रुकुम द्धारा रुकुम पूर्वका दुई रेडियोलाई मास्क र स्यानिटाइजर वितरण

मुसिकोट । नेपाल पत्रकार महासंघ रुकुमले रुकुम पूर्वमा सञ्चालित सञ्चार माध्यमलाई मास्क र स्यानिटाइजर सहयोग गरेको छ । महासंघका प्रतिनिधि मार्फत रुकुम पूर्वमा सञ्चालित दुई वटा रेडियोमा मास्क र स्यानिटाइजर वितरण गरिएको हो ।

जिल्लामा सञ्चालित रेडियो पूर्वी रुकुम र रुक्मिणी एफ एमलाई एक एक बोतल स्यानिटाइजर र १ सय ५० का दरले मास्क विरतण गरिएको नेपाल पत्रकार महासंघ रुकुमका सदस्य डिल्लीराज विश्वकर्माले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको उच्च जोखिमका बिच अग्रपंतीमा रहेर सूचना प्रवाह गर्ने संचारकर्मी र संचारगृहलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । महासंघले खलंगाबाट पठाएका सामाग्री आज सम्बन्धीत सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीलाई प्रदान गरिएको हो । महासंघले यस अघि रुकुम पश्चिमका सबै सञ्चारगृह र सञ्चारकर्मीलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

पहाडि साना किसानका लागि अनुकुलन आयोजना (आशा), हरप्लेस रुकुम, युनाईटेड सर्जिकल दांग र स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमको सहयोगमा प्राप्त भएका स्वास्थ्य सामाग्रीहरु यसअघी रुकुम पश्चिमका सञ्चार गृहलाई वितरण गरिएको थियो ।

जिल्लाका संचारकर्मीहरुलाई पहिलो चरणमा उक्त सामाग्री उपलब्ध गराईएको र आगामी दिनहरुमा पनि अन्य निकायको सहयोगमा थप स्वास्थ्य सामाग्री उपलब्ध गराईने महासंघका अध्यक्ष लक्ष्मण केसीले बताउनुभएको छ । अध्यक्ष केसीले जिल्लामा निषेधाज्ञा जारी भएको र कतै सिल गरिएको र कोरोना संक्रमन तिव्र गतिमा फैलिरहेकाले सुरक्षीत भएर काम गर्न पत्रकारहरुलाई अनुरोध पनि गर्नुभएको छ ।।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार