चैत्र २० काठमाडौ
भुक्तानी सेवाप्रदायक ई सेवाले आफ्ना ग्राहकका लागि ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कोभिड–१९को प्रकोपका कारण सबै जना घरमा बसिरहेको अवस्थामा यो अफरबाट ई सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिने कम्पनीले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
ई सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उद्देश्यका साथ यो योजना सुरु गरिएको बताउनुभयो । ई सेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजलगायतको शुल्कभुक्तानी गर्न सकिन्छ ।
ई सेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैङ्कबाट ई सेवामा सहजै रकमजम्मा गर्न तथा ई सेवाबाट बैङ्क खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।